डीपीएफसी इन्टेक च्याम्पियन

IMG_20220817_003127.jpg

१६ अगस्तः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबल टुर्नामेण्टमा डीपीएफसी इन्टेक च्याम्पियन भयो। अप्पर सीडर्स खेल मैदानमा सोमवार भएको फाइनलमा डीपीएफसी इन्टेक-ले पीएमआर स्पोर्टिंग क्लबलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट राजीवले २ र अनामले १ गोल गरे। यसरी नै पीएमआर एससी-बाट लाक्पाले २ गोल गरे। विजेता टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। डीपीएफसी इन्टेक-का राजेन माझीलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै पीएमआर स्पोर्टिंग क्लबका लाक्पाले प्लेयर अव् द टुर्नामेण्टको खिताब जिते।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *