रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो मतिगड़ा फूटबल क्लब

photocollage_202483121718362

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मतिगड़ा फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा शुक्रवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा मतिगड़ा फूटबल क्लबले सुबोथ फूटबल एकाडमीलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट अजयले तेस्रो, अञ्जीबले ३३औं र अनिलले ५२औं मिनटमा गरे। यसरी सुबोथ फूटबल एकाडमीबाट अभयले ४१औं र सोहेलले ५८औं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल खवास थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब शनिवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा नरबुंग फूटबल क्लब र आयोजक आरजीएफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement