हिन्दू स्वयं सेवक संघ नेपाल झापाको भेला सम्पन्न

IMG-20240803-WA0049

झापा: हिन्दू स्वयं सेवक संघ नेपालको झापा जिल्ला स्तरीय भेला गुरु दक्षिणा समर्पण उत्सव कार्यक्रमको आयोजना गरी सम्पन्न भयो।
संघ झापा संचालक गोबिन्द लम्सालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि संघ मेची बिभाग संघ संचालक देबी गौतमले गर्दै हिन्दू धर्म संस्कृतिको रक्षाको निम्ति हिन्दू हरु संगठित भएर अगाडि बढ़नूको बिकल्प नरहेको बर्तमान अबस्थामा आजका युवा पुस्तालाई समयानुकूल शिक्षा ब्दारा प्रशिक्षित गराउनु आवश्यक रहेको बताए।
सो भेलाले गोबिन्द लम्साल जिल्ला संघ संचालक रहेको समितिमा जिल्ला सह संघ संचालकमा महंन्द्र कोइराला, धर्म जागरण प्रमुखमा केशव रिजाल, ब्यबस्थापन प्रमुखमा प्रमोद बंशल, भक्ति भट्टराई, बौद्धिक बिभाग प्रमुखम दुर्गा भट्टराई, जन सम्पर्क प्रमुखमा लीला भट्टराई, प्रचार प्रमुखमा मेघनाथ बन्धु, धर्मजागरण सह प्रमुखमा पीताम्बर पोड़ैल, संचार समन्वय प्रमुखमा जुद्ध प्रसाद लामीछाने सर्वसाम्मतले चयन भएका छन्। कार्यक्रमको संचालन संघ मेची कार्य वाहक ईश्वर पोखरेलले गरेका थिए।

About Author

Advertisement