ओखलढुङ्गाको जिप दुर्घटनामा १२ जना घाईते

IMG-20240803-WA0129

झापा: सुनसरीको धरानबाट ओखलढुङ्गातर्फ छुटेको यात्रुवाहक जिप ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ५ को जेरुङ गाउँको काउलेपानीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
को. १ ज. २८३५ नम्बरको जिप हिजो साढे २ बजेको समयमा सिद्धिचरण राजमार्गमा दुर्घटना भएको हो। जिप अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। घाइते सबैलाई ओखलढुङ्गा सामुदायिक अस्पताल लगिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement