इटहरीमा ट्रकको ठक्करबाट मृत्यु हुने पुरुषको पहिचान खुल्यो

IMG-20240629-WA0057-copy-7

झापा: सुनसरी जिल्लाको इटहरीमा ट्रकको ठक्करबाट मृत्यु भएका साइकल यात्रीको पहिचान खुलेको छ। शुक्रबार (हिजो) दिउँसो १ः१० बजेतिर इटहरी उपमहानगरपलिका ६ स्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुने व्यक्ति भोजपुर षडानन्द नगरपालिका १४ बस्ने ४२ वर्षीय रामचन्द्र श्रेष्ठ रहेका छन्। उनी इटहरी ४ स्थित दिदीको घरमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रक चालक धरान १३ बस्ने ४५ वर्षीय गोविन्द बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। ट्रक भने बेलबारी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी टेकबहादुर कार्कीको कमाण्डमा २० जनाको टोली खटिएको थियो। प्रत्यक्षदर्शीका अनुसार पूर्वबाट जाँदै गरेको साइकललाई सो
दिशाबाट जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement