गान्तोक: मंगन जिल्लाको चुङथाङमा 86 आरसीसी ग्रेफ अन्तर्गत कार्यरत एक श्रमिकको लड़ेर मृत्यु भएको छ। मृतक व्यक्तिको नाम देवाशिष बौरी बताइएको छ। १९ वर्षीय मृतक पश्चिम बंगालको मदनपुर बर्द्धमान जिल्ला निवासी थिए। पुलिस रिपोर्ट अनुसार, मृतक व्यक्ति चुङथाङ लाचेन मार्गमा 86 आरसीसी ग्रेफ अन्तर्गत कार्यरत थिए। सड़कमा काम चलिरहेको समय देवाशिषको खुट्टा चिप्लिएर लगभग ४५० फुट तल झरे। कठिन परिश्रमपछि देवाशिषलाई उद्धार गरेर चुङथाङ अस्पताल पुऱ्याइयो, जहॉं चिकित्सकले उनलाई मृत घोषित गरिदिए।