कालचिनी – रुरल एड नामक एउटा गैर राजनैतिक संस्थाको पक्षबाट आज डिमा चियाबारीमा मानव तस्करी विरुद्ध सचेतना कार्यक्रम राखिएको जानकारी रुरल एडको पक्षबाट सञ्जय लोहोराले दिएका छन्।
चियाबारी गाउँ र बस्तीहरूबाट धेरै संख्यामा राम्रो काम र वेतन दिलाउने झुटो प्रलोभनमा दलालहरूले महिला र युवतीहरूलाई बाहिर राज्यहरूमा लगेर बिजोग अवस्थामा छोड़्दै आइरहेको घटनाले गर्दा रुरल एडको पक्षबाट आज सचेतना कार्यक्रम सम्पन्न गरिएको रुरल एडको सदस्यहरूले जनाएका छन्।

आज यस अवसरमा कालचिनी थानाको एएसआई समरजीत राय लगायत आशा र आईसीडीएस कर्मी एवम् एसएचजी सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा मानव तस्करी, बाल विवाह, बाल श्रम र साइबर क्राइममाथि उपस्थित गाउँलेहरूलाई सचेत गराईएको थियो।