गान्तोक: पाकिम जिल्लाका जिल्लास्तरीय नार्को समन्वय केन्द्रको एक बैठक आज जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भएको बैठकमा विशेष गरेर ड्रग्स विरूद्ध संघर्ष गर्न विभागका अधिकारीहरूलाई सतर्क रहने जानकारी गराइयो। पाकिम जिल्लाका जिल्लापाल आगवाने रोहन रमेशको अध्यक्षतामा सम्पन् भएको बैठकमा वरिष्ठ पुलिस अधिक्षक कर्मा ग्याम्छो भोटिया, महकुमा अधिकारी थेन्डुप लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। विशेष गरेर आजको बैठकमा कोरियरको माध्यमद्वारा नशालु पदार्थको धन्दा सञ्चालन हुने गरेको विषयमा जानकारी गराइयो। यस अवसरमा जिल्लाभित्र अस्पतालमा आधारित पुनर्स्थापना र पूर्नवास केन्द्रमा उपचारधीन मानिसहरूमा नशालु पदार्थको सेवनलाई कम गराउन विभिन्न प्रकारको रणनीति पनि तयार गरियो।