गान्तोक: खाद्य एवं नागरिक आपूर्ति विभाग, नाम्ची जिल्लाको पहलमा हिजो घूर्पिसेमा पार्षद पेम नर्बु भोटियाको अध्यक्षतामा अधिसूचना ८५५/एफसीएस र सीएको नियम ५ अक्टोबर २०१८ अनुसार उचित मूल्य दोकानस्तरीय सतर्कता समितिको बैठक सम्पन्न भयो। यस बैठकको मुख्य एजेन्डा राष्ट्रीय खाद्य सुरक्षा अधिनियम, २०२३ को अन्तर्गत सबै योजनाहरूलाई कार्यवन्वयन गर्नुपर्ने विषयमा छलफल गरियो। राष्ट्रीय खाद्य सुरक्षा ऐन अन्तर्गत यदि कुनै पनि दोकानले यसको नियम पालन गरेको छैन् भने यसको लिखितरूपमा सिकायत दर्ता गर्न सकिने जानकारी गराइयो। राष्ट्रीय खाद्य सुरक्षा ऐन २०१३ अन्तर्गत विभिन्न प्रकारको योजना जस्तै एएवाई अनि पीएचएच, ओपीएच र एनपीएस जस्ता विभिन्न योजनाहरू छलफल गरियो।विशेष गरेर यस योजना अन्तर्गत छनौट भएका लाभार्थीहरूको मापदण्ड लगायत अन्य विषयमा चर्चा परिचर्चा गरियो। यसै क्रममा वन नेशन वन राशन राशन कार्डको कार्यन्वयन साथै लाभार्थीहरूलाई लिएर जानकारी गराइयो। विशेष गरेर कार्यक्रममा उनले सार्वजनिक वितरण प्रणाली मार्फत विभागले आपूर्ति गर्ने फोर्टिफाइड चामलको पोषण मूल्य र गुणस्तरबारे पनि प्रकाश पारिन्।