गान्तोक: राज्यका नव नियुक्त राज्यपाल ओम प्रकाश माथुरले आज नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित राज्यपालहरूको प्रतिष्ठित सम्मेलनमा अंशग्रहण गरे। तीन दिवसीय उक्त सम्मेलन हिजोदेखि शुरू भएको हो भने पहिलो दिनको कार्यक्रममा देशकी राष्ट्रपति द्रोपदी मुर्मु मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने उपराष्ट्रपति जगदीप धनकर विशिष्ठ अतिथि र प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रयी गृहमन्त्री अमित शाह लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।