स्वास्नीको हत्या गरेर लोग्नेले गरे आत्मसमर्पण

IMG-20240721-WA0134

गान्तोकः दक्षिण सिक्किमको जोरथाङबाट एउटा हत्याको घट्ना प्रकाशमा आएको छ। पुलिस सूत्रबाट प्राप्त जानकारीअनुसार लोग्नेले स्वास्नीको हत्या गरेको हो। घट्ना आज राति जोरथाङ क्षेत्रको टेलीफोन एक्सचेञ्ज मुन्तिर हाउजिङ कलोनीको हो। ३३ वर्षीया मृतक स्मृति राईकी भाइले राति करिब १ बजी जोरथाङ थानामा घट्ना बारे जानकारी गराएका थिए। पुलिस दल घट्नास्थलमा पुग्दा महिला खुनमा लतपथ भुईंमा लड़िरहेकी थिइन्। उनलाई धारिलो हतियाले घाँटीमा प्रहार गरिएको थियो। पुलिस पुग्दा महिलाको मृत्यु भइसकेको थियो। उल्लेखनीय कुरा के छ भने हत्याको आरोपी मृतक महिलाकी लोग्ने भीम कुमार राईले कथित रुपमा आफ्नै स्वास्नीको हत्या गरेपछि जोरथाङ थानामा आत्मसमर्पण गरेका छन्। जोरथाङ पुलिसले उनलाई पक्राउ गरेको छ र घट्नाको अनुसंधान गरिरहेको छ।
भीम कुमार राईले आफ्नै स्वास्नीलाई यसरी निर्ममतापूर्वक किन हत्या गरे भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ। यस बारेमा पुलिसले पनि कुनै बयान जारी गरेको छैन। तर, केही स्थानीयहरूले घट्नाको कारण एक्सट्रा मेरिटियल अफेयर हुनसक्ने आशङ्का गरेका छन्। तर, पुलिसको जाँच पछि नै घट्नाको मूल कारण प्रष्ट हुनेछ।
उल्लेखनीय छ, सिक्किममा एक महिनाभित्र हत्याको यो दोस्रो घट्ना हो। यस अघि गत १९ जुलाईको दिन पूर्व सिक्किमको सिङ्गताम क्षेत्रमा एक वृद्धको हत्या गरिएको थियो। यस घट्नामा पनि आरोपी मृतककै आफन्त थिए। उक्त घट्नामा नातीले आफ्नी बोजुलाई हँसियाले रेटेर हत्या गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement