तेस्रो ओलम्पिक पदकको नजिक पुगिन् शूटर मनु भाकर

IMG-20240802-WA0252

पेरिस: भारतकी स्टार शूटर तथा एउटा ओलम्पिक खेलहरूमा २ वटा पदक जित्ने पहिलो भारतीय खेलाड़ी मनु भाकरले पेरिस ओलम्पिक खेलहरूमा महिलाहरूकी २५ मीटर पिस्टल शूटिंग स्पर्धाको फाइनलमा स्थान बनाइन्। यसरी मनुले ओलम्पिकमा पदकको ह्याट्रिक लगाउने दिशामा कदम बढ़ाएकी छन्। शुक्रवार भएको क्वालीफिकेशन राउण्डमा उनी ५९० पोइण्ट्सको साथ दोस्रो स्थानमा रहिन्। यसरी भारतकै अन्य एक शूटर ईशा सिंह चाहिँ क्वालीफिकेशन राउण्डमै बाहिर भइन्। उनी ५८१-को स्कोरसहित १८औं स्थानमा रहिन्। २५ मीटर पिस्टल स्पर्धाको क्वालीफिकेशन राउण्ड दुईवटा भाग-प्रिसिशन र ऱ्यापिड राउण्डमा हुन्छ। यसमा शीर्ष ८-मा रहने शूटरहरूले फाइनलमा स्थान बनाउँछन्। मनुले प्रिसिशनमा २९४ र ऱ्यापिड राउण्डमा २९६ पोइण्ट्स हासिल गरिन्। यसरी उनले तेस्रो स्पर्धाको फाइनलको निम्ति क्वालीफाई गरिन्। क्वालीफिकेशनमा हंगेरीकी मेजर वेरोनिका पहिलो स्थानमा रहिन्। उनले जम्मा ५९२ पोइण्ट्स हासिल गरिन्। मनु भाकरको फाइनल शनिवार दिउँसो १ बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement