सिलगढी: सिलगढीको महानन्द पुलमा यात्रुबाहक बस अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिएको छ। घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। जंक्शनबाट एयरभ्यु टर्नतर्फ आउँदा महानन्द पुलमा बसको ब्रेक फेल भएर बस अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ। जसका कारण मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। साथै बसमा सवार केही यात्रुलाई पनि सामान्य चोट लागेको छ। यता, घटनाको खबर पाएलगत्तै इभ्यु ट्राफिक प्रहरीले घटनास्थलमा पुगेर गम्भीर घाइते मोटरसाइकल चालकलाई उद्धार गरी नर्सिङ होम पठाएको छ। यसैबीच आक्रोशित भीडले बसमा तोडफोड गर्न थाले। घटना लगत्तै बस चालकले मौका हेरेर घटनास्थलबाट भागेका थिए। सोही क्रममा प्रहरीले क्रेनको सहयोगमा दुर्घटनाग्रस्त बसलाई निकालेर सम्पूर्ण विषयमा अनुसन्धान थालेको छ।