भाषा मान्यता दिवसबारे बैठक

IMG-20220816-WA0169.jpg

गेजिङ: गेजिङ जिल्ला पञ्चायत भवनको सभा कक्षमा ३०औं नेपाली भाषा मान्यता दिवस बिषयलाई लिएर एक सभा सम्पन्न भयो। सिक्किम ठेकेदार संघका अध्यक्ष एनबी दाहालको अध्यक्षतामा सम्पन्न सभामा भाषा मान्यता दिवस समारोह समितिका अध्यक्ष जनक गुरुङ, महकुमा अधिकारी देन्ताम एनके कार्की, मुख्य मन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्मा, जिल्ला योजना अधिकारी गंगा प्रसाद शर्मा, पश्र्चिम सिक्किम साहित्य प्रकाशनका सदस्यगण स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो। सभामा यस वर्ष नेपाली भाषा मान्यता दिवसलाइ भाषाको चिन्तन, भाषाको शुद्धिकरण, साहित्य र संस्कृतिको संरक्षणलाइ सहयोगात्मकको रुपमा कार्यक्रम गरिने भएको छ। भाषा दिवसलाई मनाउदा यस वर्ष सिक्किममेलि विभिन्न भाषा अनि संस्कृति संरक्षणमाथि कार्यक्रम गरेर आउने भावीपिढ़ीलाई मार्गदर्शन गराउने उदेश्य रहेको समारोह समितिका अध्यक्ष जनक गुरुङले बताए। नेपाली भाषा सिक्किमेली समाजमा एक बोलचालको भाषा हो भने राष्ट्रिय मान्यताप्राप्त यस भाषालाई अझै दह्रिलो बनाउन आवश्यक रहेको बताउँदै भाषा आन्दोलनमा हाम्रा अग्रजहरुले कति दिलोज्यान त्यसको पनि कदर गर्ने वर्तमान पिढीको जिम्मेवारी रहने बताए। हामीले आफ्नो पहिचान भूलेर पाश्र्चात्यपटिटु लम्किरहेका छौं भने आफ्नो भाषा संस्कृतिलाई पछाडि राख्दा आफ्नो अस्तित्व पछाडिने उनले बताए। नेपाली भाषी त हौं भन्ने गरेको तर आङ्गैले बोलेको भाषामा लिंग, बचनलाई पनि शुद्धिकरण गर्न नसकेको हुँदा कतै भाषाको अवहेलना गर्दैछैनौं के भन्ने प्रश्र्न आङ्गैले खडा गरेर अब भाषाको गहन अध्ययन गर्ने सुझाव दिए। यस भाषा मान्यता दिवसलाइ भव्य रूपमा मनाउने उदेश्यले अघिल्लो सभामा विभिन्न समिति पनि तयार गरेको मुताबिक सबैले आफ्नो कर्तव्य पालन गर्न खुल्ला बहस गरियो। लोक संस्कृति, लोक भाषालाई पनि परिचित गराउन यस वर्षको भाषा दिवसलाई मनाइने भएको छ भने यसबाहेक आजको सभामा मुख्य मन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्माले पनि आफ्नो सुझाव राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement