मन्दिर चोरी प्रकरणमा पुलिसलाई सफलता, चोरीको सामानसहित पक्राउ

WhatsApp-Image-2024-08-02-at-19.20.06.jpeg-copy

सिलगढी: मन्दिर चोरी प्रकरणमा एनजेपी पुलिसले ठूलो सफलता हात पारेको छ। मन्दिरको घण्टी र चोरीका अन्य सामानसहित चोर पक्राउ परेका छन्। सिलगढीको नयाँ जलपाईगढी थाना क्षेत्रको बाँसबारीमा दुई दिनअघि एउटा शिव मन्दिरमा चोरी भएको थियो। उक्त मन्दिरमा चोरीको घटना भएपछि उक्त क्षेत्रमा चर्को तनाव देखियो। घटनाको जानकारी पाएपछि नयाँ जलपाईगढी थानाको पुलिस घटनास्थलमा पुग्यो। मन्दिरमा भएको चोरीको घटनालाई लिएर पुलिससमक्ष जनताले विरोध समेत गरेका थिए। मन्दिरमा चोरीको घटनाको बारेमा लिखित उजुरी प्राप्त गरेपछि, नयाँ जलपाईगढी थानाको पुलिसले घटनाको अनुसन्धान शुरु गर्यो। अन्तत: बिहीबार राति विभिन्न स्रोतहरू प्रयोग गरेर नयाँ जलपाईगुडी थानाको पुलिसले मन्दिरमा चोरीको आरोपित गौतम अधिकारीलाई पक्राउ गर्न सफल भयो। अभियुक्तको साथबाट मन्दिरबाट चोरी भएका सामान बरामद भएको छ। अभियुक्त गौतम अधिकारी ठाकुरनगर भाजपा कालोनीका बासिन्दा हुन्। नयाँ जलपाईगढी थानाको पुलिसले आरोपीलाई शुक्रबार जलपाईगुडी अदालतमा पेश गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement