सिलगढी: भारतीय गोर्खा महिला परिसंघको आयोजनामा सिलगढी वरिपरिका विभिन्न नारी संघ-संस्थाका प्रतिनिधिहरूसँग १ अगस्त २०२४ को दिन अपराह्न ३ बजे भारतीय गोर्खा परिसंघको मुख्य कार्यालय, सिलगढीमा भागोप राष्ट्रिय वरिष्ठ उपाध्यक्ष डा. पुनम सुब्बाको अध्यक्षतामा महत्त्वपूर्ण सभा सम्पन्न भयो। २०२४ को आउँदो तीज पर्व सिलगढ़ी वरिपरिका नारीहरू एकबद्ध भई एकै स्थानमा एकत्ररूप मनाउनुपाए राम्रो हुनेछ भन्ने कुरोको छलफल गर्न डाकिएको सभामा विशिष्ट अतिथिमा भागोप राष्ट्रीय सहकोषाध्यक्ष तथा भागोप जोन २ की संयोजिका देविका मंग्राती राई अनि भागोप राष्ट्रिय सहकोषाध्यक्ष दिपाञ्जली छेत्री थिए।
सभामा डा. पुनम सुब्बा, देविका मंग्राती राई अनि नारी शक्तिका प्रतिमा जोशीले आ-आफ्नो वक्तव्य राखेपश्चात चर्चा परिचर्चा गरियो। सभाले आउँदो १ सेप्टेम्बर २०२४ को समय दिउँसो १.०० बजे कार्यक्रम गर्ने निर्णय लिइयो। सबै नारीहरू आ-आफ्नो उपस्थिति दिएर तीज र दर खाने कार्यक्रम सफल बनाऔं, हाम्रो भाषा-साहित्यसँगै संस्कृति जोगाऔं भन्ने तय भयो। सबै दिदी-बहिनीहरूलाई स्वागत गर्दै यो कार्यक्रमको निम्ति स्थान पछिबाट तय गरिनेछ। यस दिनको सभामा कार्यकारिणी समिति गठन गरियो। कार्यक्रम सफल पार्न सबैको साथ र सहयोग त चाहिन्छ नै साथै जिम्मेवारी पनि दिनुपर्छ भनेर कार्यक्रमको निम्ति कार्यकारिणी समिति गठन गरियो जसमा अध्यक्षको पधमा डा. पुनम सुब्बा, उपाध्यक्षको पदमा प्रतिमा जोशी अनि ममता राई, सचिवको पदमा बिन्दु शर्मा, सह-सचिवद्वयमा मञ्जु शर्मा अनि जया रावनल्ला, सांस्कृतिक सचिवमा देविका मंग्राती राई अनि विन्द्या तामाङ, कोषाध्याक्षमा दिपाञ्जली छेत्री अनि शर्मिला छेत्री। यसरी नै, सदस्यहरूमा रंञ्जना शर्मा- लाली गुराँस संघ, मुन्ना छेत्री – निःस्वार्थ नारी संगठन सालबारी, हेमा तामाङ– सुकुना ग्रामिण महिला, प्रीति ब्राह्मण– खस हितकारी नारी, अञ्जना राई– दुर्गागढ़ी नारी प्रकोष्ठ, पम्फा छेत्री– मंगल माइती, तारा शर्मा – सिक्टी प्लस, दिनु विश्वकर्मा– फाराबारी गोर्खा समिति, रोहिता छेत्री – सिलगढ़ी देवकोटा संघ, कल्पना गुरूङ – माताजी परिवार, शोभना प्रधान – हु केयर्स, दुर्गाश्री देवान – भैरवी सामाजिक महिला संस्था, अरूणा छेत्री – वरिष्ठ महिला समूह, सिलगढ़ी छन् भने भागोमप सिलगढी शाखाका सम्पूर्ण सदस्यहरूले यस समूहमा साथ-सहयोग दिनेछन्। यस कार्यक्रमका आयोजक ‘भारतीय गोर्खा महिला परिसंघ’ सिलगढी शाखा रहनेछ। तीजको नम्ति आयोजित उक्त दिनको सभा भागोमपकी सचिव मञ्जु शर्माले सञ्चालन गरेकी थिइन्। उल्लेखनीय छ, भारतीय गोर्खा परिसंघको छत्रछायामा महिला परिसंघले धेरै सामाजिक सेवा, स्वास्थ्य तथा अन्य कार्यहरू गर्दै आइरहेको छ। महिलामुखी कार्यहरू गर्ने भावी कार्यक्रमहरूमा परिसंघले सबैको साथ र सहयोगको अपेक्षा गर्दछ। भागोप एक अराजनैतिक संस्था हो अनि यो भारतभरिका भारतीय गोर्खाहरूको संस्था हो। यो सम्पूर्ण जानकारी परिसंघको पक्षमा देविका मंग्राती राईले दिएकी हुन्।