सुन्तला खेतीबारे प्रशिक्षण शिविर सम्पन्न

IMG-20240802-WA0227

मिरिक: राष्ट्रिय कृषि विकास केन्द्र बागवानी विभाग अन्तर्गत सिन्काेना विभागबाट मिरिक महकुमाका कृषकहरूलाई सहभागी गराई सुन्तला खेतीबारे प्रशिक्षण शिविरकाे आयाेजना गरेको छ। मिरिक भूतपूर्व सैनिक संगठन भवनमा कृषक दिनेस तामाङकाे अध्यक्षतामा भएकाे प्रशिक्षण शिविरमा फूड प्राेसेसिङ हटीकल्चर विभागका एडीसनल चिफ् सेकरेटेरी डाक्टर सुभद्र गुप्त, सिन्काेना बगानका निर्देशक डाक्टर सामुयल राई, सिन्काेना प्रबन्धक डाक्टर नयन थापा, हटीकल्चर एसीटेन्ट पेम्बा तामाङ, ग्याङम्यान प्रेटिक शेर्पा, प्रशिक्षक नगेन राई, अफिस एसिटेन्टहरू प्रकाश प्रधान, छेकी शेर्पा अनि मिता गुरूङ लगायत धेरै कृषकहरू उपस्थित थिए। कार्यक्रममा मिरिक महकुमा शासक प्रेयङ्का सिहं मेहता, भूतपूर्व सैनिक संगठन मिरिक अध्यक्ष अवकाशप्राप्त कप्तान मिलन चाेम्बाङकाे पनि उपस्थिति थियाे। प्रशिक्षण शिविरमा निम्बुकाे बाेटमा ग्राफ्टिङ गरेर सुन्तला फलाउने तरिका अनि सुन्तलाकाे बाेट वरिपरि तीनवटा निम्बुकाे बाेट राेपेर सुन्तला उत्पादन गर्ने तरिका ग्राफटिङ र इनाचिङबारे कृषकहरूलाई प्रशिक्षण प्रदान गरियाे। कार्यक्रममा सुन्तला खेतीकाे उत्पादनलाई विकसित गर्न विभागले गरिरहेकाे कार्य अनि कृषकहरूकाे दायित्वबारे फूड प्राेसेसिङ हटीकल्चर विभागका एडीसनल चिफ् सेकरेटेरी डाक्टर सुभद्र गुप्त अनि सिन्काेना बगानका निर्देशक डाक्टर सामुयल राईले विस्तृत जानकारी गराए। कार्यक्रममा कृषकहरूलाई निम्बु प्रजातिकाे रङपुरलाइमकाे बिरुवा अनि कफीकाे विरूवा पनि वितरण गरियाे।

About Author

Advertisement