मिरिक: पुटुङ उच्च माध्यमिक विद्यालयका संस्थापक प्रधान अध्यापक स्वर्गीय मणि खवासको योगदानको मूल्याङ्कन एवं उनको नाम चिरकालसम्म स्मरणीय बनाउनको निम्ति पुटुङ विद्यालयले उनको नाममा प्रकाशन शुरु गरेको विद्यालयको भित्ते वा पटल पत्रिकाको दोस्रो अंकको विधिवत् लोकार्पण गरियो। विद्यालयमा आयोजित भानुभक्त-घाँसी स्मरण दिवसको उपलक्ष्यमा विद्यालयका शिक्षक प्रभारी महेन्द्र मोक्तान र सह शिक्षिका माला थापाको संयुक्त बाहुलीबाट मणि पटल पत्रिकाको लोकार्पण गरिएको हो। पटल पत्रिकाको प्रधान सम्पादक सह शिक्षक मनोहर शर्मा ‘अविनाश’ ले सञ्चालन गरेको कार्यक्रममा अंग्रेजी विभागका सम्पादक सह शिक्षक बरदान राई र व्यवस्थापक सह शिक्षक प्रणाम तामाङले आफ्नो बिचार व्यक्त गर्दै यस पत्रिकाको उद्देश्यबारे बताएका छन्।