सिलगढी नगरनिगमले नागरिक सेवा दिन नसकेको भाजपाको आरोप

IMG-20240802-WA0215

सिलगढी:  नगरवासीलाई नागरिक सेवा उपलब्ध गराउन नसकेको र सत्तारुढ दलका पार्षदको बढ्दो धनसम्पत्तिको विरोधमा आज भाजपाले महानगरपालिका विरुद्ध घेराव अभियान चलायो। आज ठूलो संख्यामा भाजपा समर्थकहरू सिलगढी नगरनिगम अगाडि पुगे। पुलिस पहिलेदेखि नै थियो। जसका कारण भाजपा कार्यकर्ता र पुलिसबीच ठूलो झडप भयो। यो नगरनिगम घेरावको नेतृत्व विपक्षी दलका नेता अमित जैनले गरेका थिए। अमित जैनले सिलगढी नगरनिगमसँग जनतालाई उचित रूपमा नागरिक सेवा प्रदान गर्न पैसा नभएको आरोप लगाए। तर अर्कोतर्फ सत्तारुढ दलका पार्षदको स्वामित्वमा रहेका घर र सवारीसाधनको संख्या भने निरन्तर बढिरहेको देखिएको उनले बताए। ‘आखिर, सम्पत्ति कहाँबाट हो? त्यसको विरोधमा आज यो अभियानको आयोजना गरिएको हो। नगरवासीलाई नागरिक सेवा सुविधा पुर्याउनुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने। –न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement