अलिपुरद्वार जिल्ला पुलिसद्वारा आँखा परीक्षण शिविरकाे आयोजना

IMG-20240802-WA0219

अलिपुरद्वार: अलिपुरद्वार जिल्ला पुलिसको पहलमा, फालाकाटा पुलिस थानाको व्यवस्थापनमा शुक्रबार फालाकाटा ब्लकको तसती चिया बगान प्राथमिक विद्यालयमा नि:शुल्क आँखा परीक्षण शिविरको आयोजना गरिएको थियो। लोकेश्वरानन्द आँखा फाउन्डेसनका आँखा चिकित्सकहरूले यस शिविरमा उपस्थित सयौं व्यक्तिको आँखा जाँच गरेका थिए। दृष्टि समस्या भएका व्यक्तिहरूलाई चश्मा उपलब्ध गराइएको थियो। आँखा परीक्षण शिविरमा फालाकाटा पुलिस थानाका आईसी समित तालुकदार, जटेश्वर पुलिस थानाका ओसी असिम मजुमदारलगायत पुलिस अधिकृतहरुको उपस्थिति रहेको थियो।

पुलिसको यो कदमको स्थानीयले प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement