सिलगढी: विद्युत् कटौतीको विरोधमा फाँसीदेवादेखि उत्तर बङ्गाल मेडिकल जाने राज्य राजमार्गको घोषपारा चोकमा यस क्षेत्रका बासिन्दा भेला भएका हुन्। बिहीबार दिउँसो ३ बजेदेखि उक्त क्षेत्रमा विद्युत् अवरुद्ध भएको र राति ९ बजेसम्म पनि नपुगेको बताइएको छ। त्यसपछि आक्रोशित स्थानीयले राति ९ः३० बजे सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए। उनीहरुको प्रदर्शनका कारण पूरै क्षेत्रमा ठुलो ट्राफिक जाम भएको थियो, पछि पुलिसले घटनास्थल पुगेर स्थिति सामान्य बनाएको थियो।









