पाक्योंग: पाक्योंग स्पोर्टिंग क्लबको सहयोगमा पाक्योंग प्रोग्रेसिभ युथस-द्वारा आयोजन गरिने ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको शेड्यूल जारी गरिएको छ। पाक्योंग सेण्ट जेभियर्स स्कूल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा १३ वटा टीमलाई प्रवेश दिइएको छ। राजु बस्नेत (मन्त्री तथा एमएलए, २२ नाम्चेबोंग कन्स्टीट्यूएन्सी) र पमिन लेप्चा (एमएलए, २१-ग्नाथांग माचोंग कन्स्टीट्यूएन्सी)-को विशेष मार्गदर्शनमा गरिने यस टुर्नामेण्टको उद्घाटन म्याचमा डोंगरोंग फूटबल क्लब र रिनोक रोंगली स्पोर्ट्स एका़डमीबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।