पेरिस ओलम्पिक २०२४:पदक जित्ने दावेदार पीभी सिन्धूको बिदाई

IMG-20240802-WA0155

पेरिस: भारतीय शट्लर पीभी सिन्धूको पेरिस ओलम्पिकमा पदक जित्ने सम्भावना समाप्त भयो। महिला एकल ब्याडमिण्टन प्रतियोगिताको प्री-क्वार्टर फाइनलमा चीनकी बी बिंग जियाओले उनलाई २-०-ले पराजित गरी टोक्यो ओलम्पिकको हिसाब चुक्ता गरिन्। विश्वकी छैटौं नम्बरकी खेलाड़ी बिंग जियाओले भारतीय शट्लरलाई ५६ मिनटसम्म चलेको म्याचमा २१-१९, २१-१४-ले पराजित गरिन्। यस हारको साथै सिन्धूको ओलम्पिक खेलहरूमा पदकको ह्याट्रिक लगाउने सपना पनि भताभुंगै भयो। यसअघि उनले रियो ओलम्पिक (२०१६) र टोक्यो ओलम्पिक (२०२०)-मा क्रमशः रजत र काँस्य पदक जितेकी थिइन्। यसपाली चाहिँ चीनकी खेलाड़ीले २९ वर्षीय भारतीय खेलाड़ीलाई अधिक मौका दिइनन्। म्याचको पहिलो गेममा दुई खेलाड़ीबीच रोचक लड़ाइँ भए पनि दोस्रो गेम सम्पूर्ण रूपले चीनकी खेलाड़ीको पक्षमा रह्यो। सिन्धु ग्रुप चरणमा शीर्ष स्थानमा रहेर नक्आउट चरणमा पुगेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement