झापा: सुनसरी जिल्ला स्थित कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०२३/२०२४ मा रु. ४० लाख १४ हजार ७ सय ९४ राजस्व सङ्कलन गरेको छ । आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आरक्षमा जङ्गल सफारी, पर्यटक, वन पैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट रु ४० लाख १४ हजार ७ सय ९४ राजस्व सङ्कलन गरेको हो। सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो। आर्थिक वर्ष २०२२/२०२३ मा कार्यालयले रु. ३९ लाख ९४ हजार चार सय आठ राजस्व सङ्कलन गरेको थियो। हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन्। आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमण स्थल बनेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पर्यटकले रु सात सय ५० अन्य देशका आगन्तुकले रु. एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ। उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ। आरक्षको प्रचारप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटेल व्यवसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए। विभिन्न प्रजातिका चरा, अर्ना, गैँडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन्।