बतासे बस्तिका स्वनिर्भर दलका सदस्यागणले गाउँघर सर सफाई गरे

IMG-20220816-WA0163.jpg

बतासे: बतासे प्रधान गाउँका दुइवटा स्वनिर्भर दलका सदस्यहरू मिलेर गाउँको नवनिर्मित पाठशाला भवन वरिपरि तथा गाउँको बाटो घाटो सरसफाई गरे। उद्देश्य र प्रतिक्षा नामक स्व निर्भर दलका सदस्यहरूले आज दिनभरि नै नवनिर्मित पाठशाला भवन सरसफाई तथा रंग लगाउने काम गरे।यसपछि गाउँको बाटो तथा वरिपरि पनि सरसफाई गरे साथै हाम्रो गाउँ सफा गाउँको मूलमन्त्र बताउदै सबैलाई आह्वान पनि गरे। आफ्नो घर र गाउँ आफै सफा गरौ, प्लाष्टिकको प्रयोग नगरौ जस्ता कुराहरु बारे गाउँमा दुवै दलका सदस्यहरूले गाउँलेहरुलाई जनचेतनामुलक जानकारी दिए।

यस सरसफाई अभियानमा उद्देश्य स्वनिर्भर दलबाट आरती प्रधान, अनु प्रधान, रेनुका तामाङ, चमेली तामाङ, वीणा तामाङ, शान्ति प्रधान, याङ्की प्रधान, शकिला प्रधान, सबिना प्रधान र प्रज्ञा प्रधान थिए भने प्रतिक्षा स्वनिर्भर दलबाट माया गुरुङ, पुष्प प्रधान, रन्जिता राई, हर्कमति प्रधान, चन्द्रिका प्रधान, निरक्षा भुटिया र रेणुका प्रधानको विशेष उपस्थिति रहेको थियो। यो स्वनिर्भर दलले यसरी नै सामाजिक कार्यहरु गर्ने गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *