सजिलो जीतको साथ लक्ष्य सेन क्वार्टर फाइनलमा

IMG-20240801-WA0280

पेरिस: लक्ष्य सेनले पेरिस ओलम्पिक खेलहरूको ब्याडमिण्टन एकल स्पर्धाको क्वार्टर फाइनलमा स्थान बनाएर पदक जित्ने सम्भावनालाई जीवित राखे। बिहीवार खेलिएको प्री-क्वार्टर फाइनलमा लक्ष्यले भारतकै एचएस प्रणयलाई २१-१२, २१-६ ले पराजित गरे। म्याच ३९ मिनटसम्म चल्यो। विश्व ऱ्याङकिंगमा १९औं स्थानमा रहने लक्ष्यले आज १३औं स्थानमा रहने प्रणयलाई शुरुदेखि नै दबाउमा पारे। यसरी उनले २१ मिनटमा पहिलो गेम जिते। त्यसपछि दोस्रो गेममा प्रणयलाई झन् दबाउमा देखियो। यसैकारण लगातार पोइण्ट्स बटुल्दै लक्ष्यले केवल १८ मिनटमा दोस्रो गेम जितेर क्वार्टर फाइनलमा स्थान बनाए। अब शुक्रवार खेलिने क्वार्टर फाइनलमा लक्ष्यको भिड़न्त चाइनीज चाइपेका चू टिन चेनसँग हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement