स्वप्निलले शूटिंगमा जिते ऐतिहासिक काँस्य पदक

IMG-20240801-WA0275

पेरिस: भारतीय शूटर स्वप्निल कुसालेले पेरिस ओलम्पिकमा पुरुषहरूका ५० मीटर राइफल थ्री पोजिशन स्पर्धामा काँस्य पदक जितेर इतिहास रचे। पेरिस ओलम्पिक खेलहरूमा यो शूटिंगमा भारतको तेस्रो पदक हो। यसअघि मनु भाकरले महिलाहरूकी १० मीटर एयर पिस्टल स्पर्धामा काँस्य पदक जितेकी थिइन्। त्यसपछि मनुले सरबजोत सिंहसँग मिलेर १० मीटर एयर पिस्टल मिश्रित स्पर्धामा काँस्य पदक जितेकी थिइन्। स्वप्निल ५० मीटर राइफल थ्री पोजिशन (पुरुष या महिला)-मा ओलम्पिक पदक जित्ने पहिलो भारतीय हुन्। ओलम्पिक शुरु हुन अघि स्वप्निललाई पदक जित्ने दावेदार मानिएको थिएन तर उनले सबैलाई चकित पार्दै काँस्य पदक जिते। राइफल थ्री पोजिशनमा शूटरहरूले तीनवटा पोजिशनमा निशाना लगाउँछन्। यसमा नीलिंग (घुँडा टेकेर), प्रोन (भुईंमा सीधा लड़ेर) अनि स्ट्याण्डिंग (उभिएर) शट् लगाउनु पर्छ। स्वप्निल नीलिंग र प्रोनसम्म पछाड़िएका थिए तर स्ट्याण्डिंग पोजिशनमा उनले असाधारण पुनरागमन गरे अनि पदक झोलीमा हाले। स्वप्निलले नीलिंग पोजिशनमा १५३.३-को स्कोर बनाए। त्यसपछि प्रोन पोजिशनमा उनको जम्मा स्कोर ३१०.१ रह्यो। स्ट्याण्डिंग पोजिशनमा दुईवटा शट्पछि एलिमिनेशन राउण्ड शुरु भयो। नीलिंग राउण्डमा स्वप्निल छैटौं स्थान र प्रोन पोजिशनपछि पाँचौं स्थानमा रहेका थिए। त्यसपछि एलिमिनेशन राउण्ड शुरु हुनको साथै स्वप्निल पहिला पाँचौं अनि तेस्रो स्थानमा पुगे। स्वप्निलको फाइनल स्कोर ४५१.४ रह्यो। यस स्पर्धामा चीनका यूकुन लियूले ४६३.६-को स्कोरसहित स्वर्ण र युक्रेनका सेरही कुलिशले ४६१.३- को स्कोरसहित रजत पदक हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement