गान्तोक: विभिन्न् विभागमा कार्यरत राज्यका छ जना अवकाशप्राप्त अधिकारीहरूको निम्ति हिजो विदाई कार्यक्रम आयोजना गरिएको थियो। टाशीलिङस्थित सचिवालयमा आयोजित विदाई कार्यक्रममा विशेष गरेर वर्तमान मन्त्री राजु बस्नेत जसले स्वेच्छाले अवकाश लिएका थिए भने सोही प्रकारले सहकारी विभागकी अधइकारी यशोधा भण्डारी, महिला एवम वाल विकास विभागकी अधिकारी गंगा प्रधान, सामाजिक न्याय एवम कल्याण विभागकी अधिकारी धन ज्योति मुखिया, पीएचई विभागकी अधिकारी विन्देश्वरी प्रसाद, भवन तथा आवस विभागका अधिकारी प्रविन प्रधान र गृह विभागकी अधिकारी छिडेन लाडिन्पालाई एक कार्यक्रम आयोजना गर्दै विदाई दिइयो। उक्त कार्यक्रममा राज्यका मुख्य सचिव भीबी पाठक, अतिरिक्त मुख्यसचिव आर तेलाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव पाठकले अवकाशप्राप्त अधिकारीहरूले आफ्नो सेवाकालमा राज्यको निम्ति अति उत्तमा काम गरेकोमा उनले राज्य सरकारको तर्फबाट कृतज्ञता प्रकट गरे। विशेष गरेर राज्यको विकासमा उनीहरूले पुऱ्याएको योगदानको सम्मान गर्दै मुख्य सचिवले आभार प्रकट गरेका छन्। अवकाश प्राप्त अधिकारीहरूको रहल जीवन सुख शान्तिपूर्वक वितोस् भन्ने कामना पनि गरेका छन्। यसरी नै उनले आफ्नो समकालिन साथी राज्य सरकारको मन्त्री पदमा पुगेकोमा खुशी प्रकट गरे। यसै क्रममा वर्तमान मन्त्री राजु बस्नेतले आफू सचिवको पदमा हुँदा गरेको कामको अनुभव साँझा गरे।आफ्नो तर्फबाट राज्यको विकासमा पुऱ्याएको योगदानबारे पनि जानकारी गराए।
उनले आफ्नो सेवाकालमा पाएको समर्थन र सहयोगको लागि सबैलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरे।