लाचेन मंगन एमएलए च्यालेञ्ज कप अन्तर्गत मंगन वरिष्ठ माध्यमिक विद्यालय विजयी

IMG-20240801-WA0273

गान्तोक: मंगन जिल्लामा आगामी दिनम पालन गरिने ७८औं गणतन्त्र दिवस अन्तर्गत लाचेन मंगन एमएलए च्यालेञ्ज कप २०२४ प्रतियोगिता आजदेखि शुरू भयो।मंगन जिल्लाको खेल मैदानमा आयोजना भएको यस प्रतियोगिता कार्यक्रमको मुख्य अतिथि मंगन जिल्लाका जिल्लापाल अन्नत जैन रहेका थिए। मंगन जिल्ला प्रशासनिक केन्द्रको पहलमा आगामी १५ अगस्तको दिन भव्यरूपमा स्वतन्त्रता दिवस पालन गरिने भएको छ भने यस अन्तर्गत आयोजना गरिने फुटवल प्रतियोगिताको आयोजना उत्तर जिल्ला फुटबल एसोसिएशनले नशामुक्त भारत अभियान अन्तर्गत आयोजना गरेको हो। उदघाटन कार्यक्रममा पशुपालन एवम पशुधन विकास विभागका अतिरिक्त निर्देशक दिक्षेन ओ कल्योण, खेलकूद एवम युवा मामिला विभागकी संयुक्त निर्देशक जानिम लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस प्रतियोगितामा कूल २६ वटा दलले सहभागिता जनाएको छ भने आजको उदघाटन खेल मंगन वरिष्ठ माध्यमिक विद्यालय वनाम लिङदोम बोयज स्कूलबीच सम्पन्न भएको थियो, जसमा मंगन वरिष्ठ विद्यालयले १ गोलको विरूद्ध ४ गोल गरेर अघिलो चरणमा प्रवेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement