२९ माइल नजिक पैह्रो गएर राष्ट्रिय राजमार्ग १० फेरि बन्द

IMG-20240801-WA0236

टिस्टा: पैह्रोको कारणले आज फेरि पनि राष्ट्रिय राजमार्ग १० बन्द भएको छ। राष्ट्रिय राजमार्ग १० को २९ माइल नजिकमा पैह्रो गएपछि सिक्किमदेखि सिलगढी जाने रोड पूर्ण रूपमा बन्द भएको छ। २९ माइलमा माथिपट्टिबाट पैह्रो र हिलो झरेर एउटा कारलाई हिलोले पुरेको छ भने रोडभरि पैह्रो र हिलो जमेर रोड पूर्ण रूपमा बन्द भएको छ। कारलाई पैह्रोले पुरे पनि ज्यान मालको कुनै क्षति नभएको बताइएको छ। आज बेलुकाको समय फेरि अचानक परेको पानीले २९ माइलमा पैह्रो गएपछि साना गाड़ीहरूको लागि खोलिएको राष्ट्रिय राजमार्ग १० एक दिनपछि नै फेरि बन्द भएको छ। अचानक परेको पानीले टिस्टा नदीको सजल स्तर पनि निक्कै बढेको छ। पैह्रोले बन्द भएको एनएच १० खोलाउन जेसीबी लगाएर खोलाउने कार्य जारी रहेको छ।

पैह्रो गएपछि सड़कभरि गाड़ीहरूको लाइन देखिएको छ। सबै गाड़ीहरू मङ्पु भएर कुदिरहेको पनि जानकारी प्राप्त भएको छ। सिक्किमबाट सिलगढी जाने सबै गाड़ीहरू राष्ट्रिय राजमार्ग बन्द भएपछि मङ्पु भएर कुदिरहेको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *