लिङदुम बस्तीमा ७६औं स्वतन्त्रता दिवस पालन

IMG_20220816_225929.jpg

गान्तोक: भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) को १३औं वाहिनीले पूर्व सिक्किमको लिङदुम बस्तीमा ७६औं स्वतन्त्रता दिवस पालन गऱ्यो। यस अवसरमा सेनानी चन्दनसिंह भण्डारीले समस्त अधिकारीहरूको उपस्थितमा राष्ट्रिय ध्वजारोहण गर्दै परेडको सलामी लिए।सेनानी भण्डारीले शुरूमा देशको निम्ति प्राणको आहुति दिने शहीद र स्वतन्त्रता सेनानीहरूलाई नमन गर्दै श्रद्धाञ्जली अर्पित गरे। वाहिनीका समस्त पदाधिकारीहरू र परिवारहरूलाई स्वतन्त्रता दिवसको बधाई दिॅंदै उनले भने, आजादीको ७५औं वर्षगॉंठमा भारतवर्षले आजादीको अमृत महोत्सव मनाइरहेको छ। आज हाम्रो निम्ति गर्व र सौभाग्यको दिन हो।कार्यक्रममा समस्त पदाधिकारीहरू र परिवारहरूलाई स्वतन्त्रताको बधाई दिॅैंदै मिठाई वितरण गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *