दार्जिलिङ: सुखे थाना अन्तर्गत एभनग्रोभ चियाबारी निम्न विभागको राई गाउँका युवाहरूले आरके राईको अगुवाईमा गाडीको बाटो श्रमदान गरेर मरमत्ति गरिएको जानकारी प्राप्त भएको छ। उक्त बाटोको मरमत्ति कार्य गत २८ जुलाईदेखि शुरु गरेर लगातार रूपमा २९, ३०, ३१ जुलाई र आज १ अगस्तको दिन पनि सम्पन्न गरिएको छ।

पाँच दिन लगाएर श्रमदान गरेर लगभग ८०० देखि ९०० मीटरको दुरी भएको बाटोको मरमत्ति कार्य गरिएको जानकारी प्राप्त भएको छ। यसरी सबैजना एकबध्द भएर कार्य गर्नु प्रगतिको मुख्य कडी रहेको र मिठो बोलीभन्दा पनि सेवा गर्ने हात ठूलो हो भनी बताएका छन्।