सोनादा: सोनादा क्षेत्रमा अग्निशमन केन्द्रको स्थापना गरिने भएपछि साथै बुधवार यसको लागि जमीनको सर्वे पनि गरिएपछि आज सोनादा पचेङ समष्टिद्वारा पत्रकार सम्मेलन बोलाएर धन्यवाद दिइएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टीको सभापति सोनाम लामाले पत्रकारहरूसित कुराकानी गर्दै सोनादा क्षेत्रको लागि अग्निशमन केन्द्रको निर्माण गरिने तथा जमीनको सर्वे पनि गरिएको भन्दै यस कार्यले सोनादा क्षेत्रको सबै जनता साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टीको तर्फबाट जीटीएका मुख्य कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्। उनले सोनादा क्षेत्रको लागि अग्निशमन केन्द्र हुनुपर्छ भनी सर्वप्रथम सन् २०१२ मा पूर्व सभासद महेन्द्र प्रधानको पालोमा कुरा उठेर त्यसताक सोनादा क्षेत्रमा बौध्दिक सेल गठन गरिएको र उक्त टिमले सोनादा क्षेत्रमा जनताको लागि आवश्यक रहेको विभिन्न मांगहरू उठाएर कार्य थालेका थिए अनि ती मांगहरूमा सोनादा क्षेत्रमा ३३ केबीको सप सेन्टर र सोनादा क्षेत्रमा माध्यमिक परीक्षाको लागि केन्द्र शुरु गरिनु पर्ने मांग पूरा भएको छ भने अहिले आएर सोनादा क्षेत्रमा अग्निशमन केन्द्र स्थापनाको मांग पनि पूरा हुन गईरहेको छ। यसको लागि जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्। उनले अग्निशमन केन्द्रको लागि बौध्दिक सेलको थालेको कार्यको फल अहिले प्राप्त भएको बताउँदै अनित थापाको कुशल नेतृत्वमा पहाड़मा विकासका कार्यहरू भईरहेको साथै उनले राज्य सरकारसित मिलेर कार्य गरिरहेकोले ती सबै सफल भएको बताएका छन्। भागोप्रमो सोनादा पचेङ समष्टीको सभापति सोनाम लामाले पत्रकारहरूसित कुराकानी गर्दै सोनादामा त्यसताक गठित बौध्दिक सेलमा एनआर भोटिया। देवकुमार प्रधान, एलके गुरुङ, स्व उदय सुब्बा, स्व. बीके थापा, स्व. नारायण सुन्दास, गोबिन छेत्री, शंकर तामाङ, एलके राई, पूर्व विधायक डा रोहित शर्मा आदि रहेको जानकारी गराएका छन्। यही टिमले गर्दै आएको कार्यले अहिले आएर सोनादामा केही मांगहरू पूरा हुँदै गएको र यसमा वर्तमान जीटीए प्रमुख अनित थापाको सहयोगमा सम्भव भएको बताउँदै उनले अनित थापा जस्तो काम गर्ने व्यक्तिलाई साथ दिनु पर्ने सबैलाई आह्वान् गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टीको पदाधिकारीहरू, नारी, युवा, महकुमा, केन्द्रीय पदाधिकारीहरू सबैको तर्फबाट जीटीएका प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्।