पञ्चायत समितिद्वारा कृषकहरूलाई कालो दालको बीऊहरू वितरण

IMG-20240801-WA0217

Loading

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा खरसाङ खण्ड समितिको पहलमा कृषकहरूलाई कालो दालके बीऊ वितरण गरिएको छ। बाघमारा बस्तीमा धानसितै दालहरू पनि रोपिने हुनाले यस क्षेत्रका २५-२६ जना कृषकहरूलाई कालो दाल वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त कालो दाल वितरण कार्यमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, कर्माध्यक्ष एन्ड्रुहाङ सुब्बा, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै अवसरमा बाघमारा बस्तीको कृषकहरूलाई उपस्थित अतिथिहरूको बाहुलीबाट काले दालके बीऊहरू कृषकहरूलाई वितरण गरिएको जानकारी प्राप्त भएको छ। कृषकहरूलाई कालो दाल वितरण गरिएको विषयमा पञ्चायत सदस्य राजीव तामाङले विस्तृत रूपमा जानकारी गराउँदै बाघमारा बस्ती क्षेत्रका कृषकहरूलाई बारीमा कालो दाल रोप्नलाई बीऊहरू पञ्चायत समितिको तर्फबाट वितरण गरिएको जानकारी गराएका छन्। उनले यसको लागि खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, कृषि विभागका कर्माध्यक्ष दिनेश तामाङ, पञ्चायत समिति सदस्य कुसाङ लामा र अन्यप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement