भारतको उदार नीतिलाई कसैले पनि कमजोरी सम्झिनु भुल

IMG_20220816_230210.jpg

नाम्ची: नाम्ची जिल्लाको बर्फुङ निर्वाचन क्षेत्र अन्तर्गत चन्द्रमान राई माध्यमिक विद्यालयमा ७५औं स्वतन्त्रता दिवस भव्य रूपमा पालन गरियो। समारोहमा भाजपा प्रदेश अध्यक्ष डीबी चौहान मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसै गरी, पूर्व विधानसभा अध्यक्ष केएन राई, भाजपा प्रदेश उपाध्यक्ष अर्जुन राईलगायत स्थानीय गण्यमान्य व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। राष्ट्रिय झण्डोत्तोलन अनि राष्ट्रगानका साथ शुरू भएको समारोहमा स्कूलका विद्यार्थीहरूद्वारा परेड प्रस्तुत गरेका थिए। कार्यक्रममा विविध राष्ट्रभक्तिले सुसज्जित सांस्कृतिक तथा सांगीतिक कार्यक्रम तथा खेलकुदहरू समावेश गरिएको जानकारी प्रवक्ता डा. राजु गिरीले विज्ञप्तिमा दिएका छन्।समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि डीबी चौहानले स्वतन्त्रता अमृत महोत्सवको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे। स्वतन्त्रता आन्दोलनका समस्त ज्ञात-अज्ञात सेनानीहरूप्रति श्रद्धासुमन अर्पण गरे। देशले आजादीको अमृत महोत्सव मनाउँदै गर्दा नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले आउँदो २५ वर्षमा देशलाई विश्वकै महाशक्ति एवं विश्वगुरूको रूपमा स्थापित गर्ने दिशामा एउटा दूरदर्शी लक्ष्य तय गरेको उनले आफ्नो सम्भाषणम् बताए।आफ्नो सम्बोधनमा हालै राभाङ्लामा एउटा फूटबल खेल अवधि भएको हिंस्रक झड़पबारे बोल्दै सो घटना निन्दनीय अनि दुर्भाग्यपूर्ण रहेको बताए। स्वतन्त्रता दिवस मनाइरहँदा देशको रक्षामा खट्ने हाम्रै आईआरबी जवानहरूमाथि स्थानीय टिबिटेन आर्मीका समर्थकहरूले बर्बरतापूर्ण हमला गर्नु दुर्भाग्यपुर्ण रहेको बताउँदै यस विषयमा पार्टीको तर्फबाट केन्द्र सरकारलाई पनि अवगत गराइसकेको जानकारी दिए।
भारतले सदैव वसुधैव कुटुम्बकमको मूलमन्त्रलाई अंगाल्दै छिमेकी देशहरूबाट शरणार्थीको रूपमा शरण लिने सबैलाई उचित सम्मानका साथ देशका विभिन्न स्थानहरूमा बसाएको उल्लेख गर्दै भारतको यस्तो उदार नीतिलाई कसैले पनि यसको कमजोरी सम्झिनु नहुने बताए। उनले घटनामा संलग्न दोषीहरूलाई कड़ा कानूनी कार्वाही गर्नुपर्ने माग गर्दै सिक्किमको शान्ति श्रृंखलालाई कायम राख्न सबै पक्षले योगदान दिनुपर्ने आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *