खरसाङको चिमनी देवराली ग्राम पञ्चायतमा कृषकहरूलाई लिएर कृषि बन्धु योजनामाथि कार्यक्रम सम्पन्न

WhatsApp Image 2024-08-01 at 6.57.19 PM (1)

खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिमनी देउराली ग्राम पञ्चायत क्षेत्रका कृषकहरूलाई लिएर कृषक बन्धु योजना अन्तर्गत कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री, खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाको सहयोगमा साथै पञ्चायत समिति सदस्य साथै खरसाङ खण्ड पञ्चायत समिति कृषि विभागका कर्माध्यक्ष दिनेश तामाङको पहलमा र कृषि विभाग खरसाङको अधिकारीहरूको उपस्थितिमा यस क्षेत्रका छुटेका कृषकवर्गलाई “कृषक बन्धु” योजनामा आफ्नो नाम दर्ता गराउन कृषि विभागसँग मिलेर एक कार्यक्रम आयोजना गरियो।

यस कार्यक्रममा चिमनीलगभग ८० जना कृषकहरूले सरकारको कृषक बन्धु योजनाको लागि आवेदन गरेका छन् भने यी कृषकहरूले सरकारको कृषि बन्धु योजनाबाट लाभ उठाउन सक्नेछन्। उक्त कार्यक्रम विशेष गरेर यो ग्राम पञ्चायत क्षेत्रमा रहेका कृषकहरूलाई कृषि बन्धु योजना विषयमा जानकारी गराउनु तथा कृषक बन्धु योजनामा आवेदन गर्न सहयोग गर्नलाई आयोजना गरिएको थियो। उक्त कार्यक्रममा चिमनी देवराली ग्राम पञ्चायतको नर्थ शिवखोलास्थित सिमानाटार सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई क्षेत्रीय सभासद श्याम शेर्पाले सम्बोधन गर्दै कृषकहरूलाई स्वनिर्भर बनाउन र आय आर्जनको लागि कृषक बन्धु योजनाबाट कृषकहरूले लाभ उठाउन सकोस् भनेर आयोजना गरिएको बताएका छन्। त्यसरी नै कार्यक्रममा उपस्थित कृषि विभागका अधिकारीहरूले पनि कृषि बन्धु योजना विषयमा जानकारी गराएका थिए। कार्यक्रमलाई नारी शक्ति खरसाङ देवराली समष्टिको सचिव ललिता छेत्रीले सञ्चालन गरेका थिए। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य दिनेश तामाङ र कृषि विभागका अधिकारीले विस्तृत रूपमा जानकारी गराएका छन्।

दुवैले खरसाङ खण्ड अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतका कृषकहरूलाई लिएर सरकारको योजना कृृषि बन्धु योजना विषयमा जानकारी गराउनुक लागि कार्यक्रम आयोजन गरिएको र यस कार्यक्रममा धेरै कृषकहरूलाई यसको लागि फारम भर्ने कार्य गरिएको जानकारी गराएका छन्। दुवैले आज फारम भरेकाहरूले सरकारबाट लाभ उठाउन सक्ने साथै आज कागज पत्रहरू नमिलेको कारणले छोडिएको कृषकहरूलाई आगामी दिनमा कृषि बन्धु योजना अन्तर्गत फारम भर्ने कार्य गरिने जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *