शब्द समय सालबारीको १३२औं प्रकरण सम्पन्न

IMG-20240801-WA0209

सालबारी: सालबारीमा प्रत्येक महिना आयोजना गरिने साहित्यिक कार्यक्रम शब्द समयको १३२औँ प्रकरण सालबारी बजारको सयपत्री सङ्घको प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रममा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै एक मिनटको मौन धारण गरियो। कार्यक्रम अझ सुचारु रूपले चलोस् भन्ने उद्देश्यले शब्द समयका वरिष्ठ सदस्य मिलन रुचालले नयाँ ‘साउण्ड सिस्टम’ उपहार स्वरूप प्रदान गरेकी थिए। कार्यक्रमको शुभारम्भ शब्द समयको एघार वर्षको गौरवमय इतिहासमाथि वरिष्ठ कवि मोहन ठकुरीको सङ्क्षिप्त वक्तव्यद्वारा गरियो। रचना पाठको क्रममा मिलन रुचाल, मोहन ठकुरी, भविलाल लामिछाने, महेशकुमार सुब्बा, अञ्जना भण्डारी, मोनिका प्रधान, प्रभा गुरुङ, नरबहादुर छेत्री, पूर्ण मंगर, गंगा प्रधान, शुभाष छेत्री, हेमन्त काँफ्ले र ज्ञानेन्द्र खतिवडाले आआफ्नो कविता सुनाएकी थिए। त्यसरी नै कार्यक्रममा कवि लीलबहादुर सुनारले युग्मक पढेर सुनाए भने मणिकुमार प्रधानले लघुकथा पढेका थिए। त्यसरी नै जीत सुनारले संस्मरण सुनाएका थिए।
कार्यक्रममा वरिष्ठ राजनीतिक चिन्तक डीएस बम्जन, सिने जगतका प्रतिष्ठित अभिनेता टङ्क शर्मा, कवि लक्ष्मण दाहालको पनि उपस्थिति रहेको थियो। अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यपछि धन्यवाद ज्ञापन गर्दै सभा विसर्जनको घोषणा गरेका थिए भनी शब्द समय सालबारीको तर्फबाट जीत सुनारले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement