सिलगढीका मुख्य सडकहरूमा नम्बरविहीन टोटोमा लगाइयो रोक

IMG-20240801-WA0187

सिलगढी: सिलगढीका मुख्य सडकमा आजदेखि नम्बरविहीन टोटो सञ्चालनमा रोक लगाइएको छ। यो निर्णय सिलगढी महानगरीय पुलिसले लिएको छ। शहरमा बढ्दो ट्राफिक जामलाई कम गर्न यो निर्णय गरिएको हो। सिलगढी महानगरपालिकाको ट्राफिक जामलाई लिएर केही दिन अघि मेयर गौतम देवले पुलिस आयुक्त, डीसीपी ट्राफिकसँग बैठक गरेका थिए, यस बैठकमा धेरै निर्णयहरू भएका थिए। बिहीबार बिहानैदेखि हिलकार्ट रोड, सेवक रोड, विधान रोडलगायतका विभिन्न रुटमा नम्बरहीन टोटोविरुद्ध अभियान चलाइएको छ। उनीहरूलाई शहरमा प्रवेश गर्न दिइएन। मुख्य सडकमा गुड्न निषेध मात्रै नभएर शहरका भित्री सडकमा पनि नम्बरविहीन टोटो चलाउन रोक लगाइएको छ। आज ट्राफिक प्रहरीले बिना नम्बर टोटो चलाउन दिनभर अभियान चलाएको छ। पुलिस स्रोतका अनुसार यो कारबाही जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement