सिलगढी: उत्तर बंगाल मनरेगा भेन्डर्स एसोसिएसनका सदस्यहरूले मनरेगाको बक्यौता भुक्तानीको माग गर्दै आज उत्तर कन्या अभियान आयोजना गरे। सय दिन कार्य योजनाअन्तर्गत काम गर्ने मजदुरले पारिश्रमिक पाएको उनहरूको भनाइ छ। तर, ठेकेदारले अझै पनि बक्यौता पाएका छैनन्। मनरेगा अन्तर्गत काम गराउन विभिन्न पसलबाट निर्माण सामग्री लिएका थिए, ती पसलबाट रकम अझै बाँकी रहेको उनीहरूको भनाइ छ। मनेगालाई केन्द्रले पैसा दिएको छैन। तसर्थ, उत्तर बंगाल मनरेगा भेन्डर्स एसोसिएसनका सदस्यहरू बक्यौता रकमको माग गर्दै बिहीबार उत्तर कन्या अभियानमा सामेल भए। उनीहरु फुलबारी बजार क्षेत्रबाट जुलुस निकालेर उत्तरकन्या जाने बाटोमा लागे पनि पुलिसले लगाएको ब्यारिकेडका कारण उनीहरु उत्तरकन्याभन्दा अलि अगाडि रोकिनु परेको थियो। त्यसपछि १० सदस्यीय प्रतिनिधिमण्डल उत्तरकन्या भित्र गएर सम्बन्धित अधिकारीलाई ज्ञापनपत्र बुझाए।