जलपाईगढी: कार्ला नदीमा डुबेर एक बालकको शव भेटिएपछि आज डेङ्गुझार क्षेत्रमा शोकको लहर फैलिएको छ। युवकको तैरिरहेको शव आज फेला परेको छ। बुधबार जलपाईगढी कोतवाली थाना अन्तर्गत डेंगुझार चिया बगानको छेउमा रहेको पटकाटा क्षेत्रको मालीपाडाबाट बग्ने कार्ला नदीमा तीन जना साथी नुहाउन गएका थिए। नुहाउने क्रममा नदीमा डुबेर १५ वर्षीय किशोर आनन्द मलाकारको मृत्यु भएको छ। तीनजना साथी नुहाउन पानीमा पसेका थिए, त्यही क्रममा आनन्द मालाकार पानीमा डुबे। केही समयपछि साथीहरूले आनन्द नदीमा डुबेको थाहा पाए। यस्तो खबर फैलिएपछि सिभिल डिफेन्स र पुलिस घटनास्थल पुगे। सिभिल डिफेन्सका कर्मचारीले स्पीडबोट नदीमा खसालेर खोजी कार्य सुरु गरेपनि बुधबार रातिसम्म डुबेका बालकको सनाखत हुनसकेको छैन।
अन्ततः बिहीबार बिहान स्थानीयले खोलामा तैरिरहेको शव देखे। त्यसपछि कोतवाली पुलिस चौकीको प्रहरी आएर घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा नदीको पानीमा तैरिरहेको शव फेला पारेको थियो भने बेपत्ता किशोरको परिवारका सदस्यले पहिचान गरे। पहिचान पछि, जलपाईगढी पुलिसले शव पोस्टमार्टमको लागि शवगृहमा पठाएको छ। बिहानै यस्तो दर्दनाक दृश्य देखेपछि सो क्षेत्रमा शोकको माहौल छाएको छ। घटनाका सम्बन्धमा स्थानीयवासी राजीव रायले हिजो नदीमा डुबेको बालकको शव आज तैरिरहेको देखेपछि स्थानीय खबरले पुलिसले आएर शव निकालेको बताएl