पेरिस ओलम्पिकमा तरुणदीप राईको अभियान समाप्त

IMG-20240801-WA0121

पेरिस: भारतका अनुभवी धनुर्धर तरुणदीप राईले पेरिस ओलम्पिकमा पुरुष एकल धनुकाँड़ स्पर्धाको अन्तिम ६४ चरणमा बुधवार ईंग्ल्याण्डका टम हलको चुनौतीलाई पार गर्न सकेनन्। आफ्नो चौथो ओलम्पिक खेलिरहेका सिक्किमका धनुर्धर तरुणदीपलाई ईंग्ल्याण्डका धनुर्धरले ६-४ (२७-२७, २७-२८, २८-२५, २८-२९, 2?२९-२९)-ले पराजित गरे। तरुणदीपले दोस्रो सेट गुमाएपछि तेस्रो सेटमा पुनरागमन गरे तर हलले पनि चौथो सेट जितेर बढ़तलाई कायम राखे। तरुणदीपलाई खेललाई शूट अफ्-सम्म पुऱ्याउन आफ्नो अन्तिम प्रयासमा १० पोइण्ट्समा निशाना लगाउनु पर्ने थियो तर उनले ९ पोइण्ट्समा निशाना लगाए। यसे गर्दा सेट बराबरीमा पुग्यो अनि हलले निर्णायक बढ़त हासिल गरे।

About Author

Advertisement