बीरपाड़ा: जलढाका स्पोर्ट्स एसोसिएशनको आयोजनमा जारी ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बीरपाड़ा कोचिंग क्याम्पले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। झोलुंग खेल मैदानमा बुधवार खेलिएको म्याचमा बीरपाड़ा कोचिंग क्याम्पले डाकबंग्लो फूटबल क्लबलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट शिव प्रधानले २ गोल गरे। यसबाहेक पार्कर राई र विशेष लामाले १-१ गोल गरे। डाकबंग्लो एफसी-बाट ताईले १ गोल गरे। विजेता टीमका शिव प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार खेलिने म्याचमा दालिमटार किरात एफसी र ग्रेफको टीमबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू दिउँसो ३ बजीदेखि शुरु हुने आयोजक समितिको पक्षमा रतन लामाले जानकारी दिएको छ।