झापा: जडीबुटी निकासीको प्रमुख नाका मानिएको पश्चिम नेपालको नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०२३/२०२४ मा ७५ करोडभन्दा बढीको जडीबुटी निकासी भएको छ। नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आर्थिक वर्षमा यो नाकाबाट करोडको जडीबुटी निकासी भएको जनाएको छ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौती रहे पनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल भएको बताउनु भयो। उनले गत केही वर्षयता नेपाली जडीबुटीप्रति नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासीमा समस्या हुँदै आए पनि व्यवसायीले उत्साहजनक रूपमा जडीबुटी निकासी गरेको बताए।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०२३/२०२४ मा नेपालगन्ज नाकाबाट ७५ करोड ४६ लाख ५० हजार मूल्य बराबरको २६ लाख ६७ हजार ५३ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको थियो।
स्रोतका अनुसार, अघिल्लो आव २०२२/२०२३ मा यो नाकाबाट ८२ करोड ८० लाख २४ हजार मूल्य बराबरको जडीबुटी निकासी भएकोमा गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा सात करोडले कमी आएको भन्सार कार्यालयले जनाएको छ।