झापा: भारी वर्षासँगै सडक माथिबाट आएको लेदोको कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध बनेको छ। लेदो हटाइ अबरुद्ध सडक सुचारु गर्न निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरिएको छ। वर्षा भइरहेका कारण सवारी सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ। सडक अबरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरिँदै गरेका सयौं सवारी रोकिएका छन्।