फाइनलमा पुगेर पदकको आशा जगाए शूटर कुसालेले

IMG-20240731-WA0315

पेरिस: भारतीय शूटर स्वप्निल कुसालेले पेरिस ओलम्पिक २०२४-मा पुरुषहरूका ५० मीटर राइफल थ्री पोजिशन्सको फाइनलमा स्थान बनाउनको साथै देशवासीमा अझ एउटा पदकको आशा जागेको छ । यस स्पर्धामा पदकको दावेदार मानिएको भारतीय शूटर ऐश्वर्य प्रताप सिंह चाहिँ फाइनलमा स्थान बनाउन असफल रहे। क्वालीफाईंग चरणमा कुसाले ५९०-को स्कोरसहित सातौं स्थानमा रहे। यसरी ऐश्वर्य प्रतापले ५८९ पोइण्ट्सको साथ एघाह्रौं स्थान हासिल गरे। क्वालीफाईंग चरणबाट शीर्ष ८-मा रहने शूटरहरूले फाइनलमा स्थान बनाउँछन्। चीनका लियू युकून ५९४ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहे, जुन ओलम्पिक क्वालीफिकेशनमा नयाँ रेकर्ड हो। पेरिस ओलम्पिकमा अहिलेसम्म भारतले जितेको दुवै पदक शूटिंगमा आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement