एमएलए च्यालेञ्ज कपः पैयौंग ब्रदर्स फूटबल क्लबको रोमाञ्चक जीत

IMG-20240731-WA0309

मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार प्री-क्वार्टर फाइनल म्याच खेलियो। मल्ली डाँड़ा खेल मैदानमा आज भएको म्याचमा पैयौंग ब्रदर्स फूटबल क्लबले तुरुक फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। बिहीवार एउटा प्री-क्वार्टर फाइनल म्याच खेलिनेछ। म्याचमा फ्यूचर स्टार्स र दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

यसरी १३ अगस्तमा म्याराथन दौड़ अनि अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको फाइनलसहित अन्य कार्यक्रमहरू रहनेछ। यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement