गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राज कुमारी थापा, सचिव, प्रधान निर्देशकले आज राज्यका नयाँ राज्यपाल ओम प्रकाश माथुरसँग भेट गरे।
सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाको नेतृतवमा गएको टोलीले राज्यपालाई राजभवनमा भेट गर्दै आगामी ५ अगस्तदेखि शुरू हुने सिक्किम विधानसभाको बजेट सत्रको निम्ति आमन्त्रित गरे।
राज्यपालले उक्त निमन्त्रणलाई स्वीकार गर्दै अवश्य पनि विधानसभाको पहिलो बजेट सत्रमा उपस्थित जनाउने बचन दिए।
उल्लेखनीय छ, एसकेएम सरकारको दोस्रो कार्यकालको पहिलो बजेट सत्र आगामी ५ अगस्तदेखि शुरू भएर ९ अगस्तको दिन समापन हुने भएको छ। उक्त अवसरमा नयाँ राज्यपाल माथुरले यस वर्षको वजेटमाथि आफ्नो सम्भाषण राख्नेछन्।