गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको एक प्रतिनिधि टोलीले आज राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गऱ्यो। प्रदेश अध्यक्ष डीआर थापाको अगुवाईमा गएको टोलीले नवनियुक्त राज्यपाललाई स्वागत जनाउॅंदै उत्पादक एवं सफल कार्यकालको निम्ति शुभकामना दियो।

प्रदेश भाजपा टोलीले सिक्किमका जनताको हितलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न र सेवा गर्न राज्यपालबाट मार्गदर्शन एवं आशीर्वादको अपेक्षा गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रदेश अध्यक्ष थापा बिहान राज्यपालको शपथ ग्रहण समारोहमा सहभागी बनेको बताइएको छ। प्रतिनिधि टोलीमा राज्य कार्यकारी सदस्यहरू, मोर्चा प्रतिनिधिहरू, विधानसभा उम्मेदवारहरू, जिल्ला अध्यक्षहरू आदि उपस्थित थिए।