सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मनजीत इलेभेनले कार्टर फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा बुधवार खेलिएको म्याचमा मनजीत इलेभेनले सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबलाई १-० ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल एबुकाले ३५औं मिनटमा गरे। ब्राइट स्पोर्टिंग क्लबले लगातार प्रयास गरे पनि बराबरी हासिल गर्न सकेन। अब बिहीवार खेलिने म्याचमा गत सालको रनरअप् सिलगढ़ी युनाइटेड फूटबल क्लब र युथ फ्रण्ट खयरझोड़ाबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्रत्येक म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।