पदकको नजिक पुगिन् महिला बक्सर लवलीना बोरगोहेन

IMG-20240731-WA0301

पेरिस: टोक्यो ओलम्पिकमा पदक विजेता भारतीय महिला बक्सर लवलीना बोरगोहेनले प्री-क्वार्टर फाइनलमा जीत दर्ता गरी क्वार्टर फाइनलमा प्रवेश गरिन्। लवलीनाले महिलाहरूकी ७५ किग्रा वर्गको प्री-क्वार्टर फाइनलमा नर्वेकी सुनिवा होफस्टाडलाई ५-० ले पराजित गरिन्। लवलीनाले असल शुरुवात गर्दै पहिलो राउण्ड आफ्नो नाम गरिन्। पहिलो राउण्डमा भारतीय बक्सरलाई सबै निर्णायकहरूले १०-१० पोइण्ट्स दिए जबकि सुनिवालाई ९-९ पोइण्ट्स प्राप्त भयो। लवलीनाले दोस्रो राउण्डमा पनि असल प्रदर्शन गरिन् अनि सर्वसम्मतिद्वारा जीत हासिल गरिन्। यस अवधि उनले आफ्नो प्रतिद्वन्द्वीमाथि सटीक घुस्सी प्रहार गरी सबै जजहरूका फसेला आफ्नो पक्षमा गरिन्। लवलीनाले तेस्रो राउण्डमा पनि लय कायम राख्दै सजिलै जीत हासिल गरिन्। यसरी लवलीना ओलम्पिकमा आफ्नो दोस्रो पदक जित्नदेखि अहिले केवल एक जीत टाढ़ा रहेकी छन्। कार्टर फाइनलमा भारतीय बक्सर अघि चीनकी ली कियानको रूपमा कठिन चुनौती रहेको छ जो दुईपल्टकी ओलम्पिक पदक विजेता हुन्। लवलीनाले कियानविरुद्ध एशियन गेम्समा महिलाहरूकी ७५ किग्रा फाइनलमा हारको सामना गर्नु परेको थियो। लवलीना र कियानबीच कार्टर फाइनल बाउट ४ अगस्तमा हुनेछ। लवलीनाले टोक्यो ओलम्पिक २०२०-मा ६९ किग्रा वर्गमा काँस्य पदक जितेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement